कवितासँग पुष्पको बैमानी

काठमाडौं । गायक पेम्बा लामाको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । दीपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रहेको गीतको भिडियोमा पुष्प खड्का र कविता नेपाली फिचर्ड छन् । गीतमा गोपाल रसाइलीको एरेन्ज छ ।

केशवराज भट्ट निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, वन्दे प्रसादको सम्पादन छ । भिडियोमा सञ्चारकर्मी सन्तोष बस्ताकोटी, हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय छ ।

लोक पप शैलीको गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानी छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।