परवीन बबीको बायोपिकमा उर्वशी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री उर्वशी रौतेला दिग्गज अभिनेत्री परवी बबीको बायोपिकमा प्रमुख भूमिकामा देखिने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै उनको चरित्रमा अभिनय गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएकी छन् ।

हालैमात्र फ्रान्समा भएको ‘कान्स फिल्म फेस्टिभल २०२३’मा उर्मिला पुगेकी थिइन् । त्यहाँ उनी परवीनको बायोपिकका लागि फोटोकल सार्वजनिक हुने कार्यक्रमको हिस्सा हुन पुगेकी थिइन ।

फिल्म वसीम एस कानले बनाउन लागेका हुन् । फिल्मको नाम फाइनल भइसकेको छैन । फिल्मको स्टोरीलाइन धीरज मिश्राले लेखेका छन् । जसमा बोल्ड अक्षरमा परवीन बबीको नाम लेखिएको छ । जसमा दुई अनुच्छेद छन्, जसमा फिल्मले अभिनेत्रीको फिल्मी करियरसँगै उनको निजी जीवनको बारेमा बताउने उल्लेख गरिएको छ ।

‘बलिउड असफल रह्यो, तर म तपाईंलाई गर्व महशुस गराउनेछु परवीन बबी । ऊँ नम शिवाय, साँच्चै नै नयाँ यात्रा जादुमय हुनेछ,’ उनले लेखेकी छन् ।