अमिताभकी अनस्क्रिन आमा सुलोचनाको निधन

मुम्बई (एजेन्सी)। बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको दादरको सुश्रुषा अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।

सूलोचना केही महिनादेखि श्वास सम्बन्धी समस्याबाट पीडित थिइन् । उनको लामो समयदेखि अस्पतालमा उपचार चलिरहेको थियो । उनका ज्वाईले सुलोचनाको निधनको पुष्टि गरेका छन् । उनको शरीर भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रभा देवीस्थित उनको आवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि शिवाजी पार्कमा अन्तिम संस्कार गरिनेछ ।

उनले मराठीसँगै हिन्दी फिल्ममा पनि अभिनय गरेका छन् । उनले मराठी भाषाका ‘मराठा तितुका मेलवावा’, ‘मोलकरीण’, ‘बाला जो रे’, ‘सांगते ऐका’, ‘ससुरवास’, ‘वाहिनी ची बंगद्या’लगायतका मराठी भाषाका फिल्ममा अभिनय गरेकी थिइन् ।

उनले अधिकांश हिन्दी फिल्ममा अभिनेता अमिमताभ बच्चनको आमाको भूमिकामा अभिनय गरिन् । यी फिल्ममा ‘रेश्मा और शेरा’, ‘मजबुर’ र ‘मुकद्दरका सिकन्दर’ जस्ता फिल्म छन् । उनले दिलीप कुमार र धर्मेन्द्रसँग पनि काम गरिन् । यो कुरालाई अमिताभ बच्चनले आफ्ना कैयौं ब्लगमा स्वीकारिसकेका छन् ।