काठमाडौं । आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर गरिउको छ । फिल्म हेरेपछि फिल्मकर्मी तथा पत्रकारले सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्म हेर्न निर्देशक तथा निर्मात्री दिपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउवा, निर्देशक तथा कलाकार नरेश पौडेल, डब्बु क्षेत्री, शोभित बस्नेत, अभिनेता कृष्ण सिवाकोटी, मुकुन भुषाल, सलोन बस्नेत, मनिष राउत, गायक पवन गिरीलगायतको उपस्थिति थियो ।
प्रिमियरअघिको छोटो कार्यक्रममा निर्देशक सरोज पौडेलले फिल्म नितान्त मनोरन्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरे । अभिनेता बुद्धी तामाङले अरु फिल्ममा भन्दा यसपटक केहि फरक प्रयास गरेको र दर्शकले फिल्म हेर्दासम्म दिक्क नमान्ने बताए । अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो फिल्मले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखे ।
वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताब–चडाब लगायतका विषयवस्तुमा आधारित यो फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केहि शहरमा पनि फिल्म प्रदर्शनको तयारी गरिएको छ ।
तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम फिल्म पनि हो ।
मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको फिल्मका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको फिल्मका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठको स्वर र राज सागरको संगीत छ ।