पैसा छैनमा पीडित रन्जित

काठमाडौं । गायकद्धय अविनाश मगर र अजय कार्कीको स्वरमा नयाँ गीत ‘पैसा छैन’दर्शकमाझ आएको छ । भिडियोलाई सिञ्जाली ड्राईभिङ सेन्टरले निर्माण गरेको हो ।

अविनाश मगर अफिसियल च्यानलबाट हिजो सार्वजनिक गरिएको यो गीतमा पैसा नहुँदा श्रीमातीबाट समेत श्रीमानले अपहेलना सहनु परेको पीडा दर्शाईएको छ । यो गीतको भिडियोमा पनि त्यही पीडा देख्न पाईन्छ ।

म्युजिक भिडियोमा मोडल रँजित सिन्जाली, गायिका तथा मोडल सरिता भारती मुख्य भूमिकामा छन् । पैसा छैन गीतको भिडियोमा सरिता र रँजितले पति पत्नीको भूमिका निर्वाह गरेका छन् । एक दर्जन भिडियो खेलिसकेका रँजित र अढाई दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका सरिताको केमेस्ट्री यो भिडियोमा मिलेको छ ।

यो भिडियोमा भिडियोमा शँकर कार्की, अमृत खड्गी, बिशाल लामिछाने, प्रदीप बिष्ट, प्रेमकुमार लामालगायतको पनि अभिनय छ ।
विलक्षण क्रियसनको ब्यबस्थापनमा निर्माण भएको यो भिडियोमा पैसा कमाउन नसक्दा साथी, आफ्न्तदेखि पत्नीसम्मले हेपेको कथा प्रस्तुत गरिएको छ ।

यो म्युजिक भिडियोमा दिब्यराज सुवेदी र सुशिल डाँगीको छायाँकन, बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । यो गीतलाई अविनाश र अजयले लेखेका हुन् । गीतमा अविनाशकै संगीत रहेको छ । गीतलाई आदेश गुर्माछानले संगीत संयोजन र किशोर थापाले मिक्सिङ गरेका हुन् ।