युट्युबमा आयो म त मर्छु कि क्या हो

काठमाडौं । लोकप्रिय कलाकार सिताराम कट्टेल ‘धुर्मुस्’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेव फिल्म ‘मत मर्छु कि क्या हो’ युट्युवमा सार्वजनिक भएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको थियो । धुर्मुस सुन्तली युट्युवमा आज (सोमबार) दिउँसो ३ः३० मा सार्वजनिक गरिएको हो ।

फिल्ममा उनीहरुलाई धुर्मुस र सुन्तलीकै भूमिकामा देखिएका छन् । फिल्ममा धुर्मुस र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ ।

यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।