अल्लारे जोबनमा भुवन र साराको मायाप्रिती

काठमाडौं । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘अल्लारे जोबन’ बोलको गीतमा आयुष प्रधानको स्वर शब्द र संगीत रहेको छ। लिरिकल गीतमा फिल्मका मुख्य पात्र भुवन सिंह राई र सारा लोहोरुङ राईको मायाप्रितिका केहि दृश्यहरु समेत समावेश छन्। फिल्म श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

किरण राईको निर्देशनमा बनेको फिल्ममा निर्माता सन्जिब राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई तथा टि आर साम्सोहाङ सह–निर्माता रहेका छन्।

पूर्वमा छायांकन गरिएको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।

भुमिसा प्रोडक्सनसँग इस्टन मिडियाको सहकार्य रहेको फिल्ममा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेशपायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको,निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना,कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ।

भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। फिल्मलाई काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ।