केशरीमा नारी पीडा

काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेलिफिल्म ‘केशरी’को टिजर सार्वजनिक भएको छ। टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । ‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेलिफिल्ममा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त अभिनय गरेकी छन्।

उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेलिफिल्ममा नारी वेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ। नेपाल नेटवर्क टेलिभिजनबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुने टेलिफिल्मले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए। यो टेलिफिल्म ५२ भागसम्म पुर्याउने लक्ष्य रहेको छ।

टेलिफिल्मका निर्माता रघुनाथ सापकोटा हुन् । उनलाई निर्माणमा राजकुमार श्रेष्ठले सघाएका छन्। टेलिफिल्ममा एलेक्स पुडासैनीको छायांकन, बन्दे प्रसादको सम्पादन र सबिता चौधरीको मेकअप छ ।

टेलिफिल्ममा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनयराज पौडल, प्रदीपसिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी, समीर खनाल, स्मृति बस्नेत, डिम्पल खरेल, बिष्णु रोक्का र गायत्री पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ।