अव्यक्त प्रेममा प्रितको रीत

काठमाडौं । डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्मित नयाँ वेव सिरिज ‘प्रितको रीत’ सार्वजनिक भएको छ। सार्वजनिक सिरिजमा शंकर कोइरालाको निर्देशन छ। सिरिजको कथा पनि उनी स्वंयमले नै लेखेका हुन। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड सार्वजनिक गरिएको हो।

सिरिजमा एक युवतीलाई दुई युवकले मन पराए पनि प्रेम व्यक्त गर्न नसकेको कथालाई पहिलो श्रृंखलाले उतारेको छ। सार्वजनिक सिरिजमा कलाकार कविता न्यौपाने र अमर प्रताप श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन। अमरले यसै सिरिजबाट डेब्यु गरेका हुन। कविताले भने थुप्रै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छन। म्युजिक भिडियोबाट अभिनयको यात्रा सुरु गरेकी कविताको पनि यो डेब्यु सिरिज हो।

यसै सिरिजबाट अर्का कलाकार रोबिन सुबेदीले पनि अभिनयको दुनियाँमा पाईला टेकेका छन। कविता, अमर र रबिनबाहेक सिरिजमा दिलीप केसी, सुजाता पाण्डे, अनामिका लामिछाने, रश्मी भट्ट, समिना महर्जुन, उमादेवी बस्नेत कार्की, विजय महर्जन, शीतल श्रेष्ठ, आनन्द विक्रम क्षेत्री, परिचित गिरी, अनुजा जीसीलगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारमा भने डिआन्स केसी छन।

सिरिजलाई दिलीप केसीले निर्माण गरेका हुन। दुर्गा पौडेल, अमृत सुनुवार र अंकुर गुरुङले मिलेर छायांकन गरेको सिरिजमा एसआरके (शंकरराज कोइराला)को सम्पादन, एसआरके र दिलीप केसीको संवाद र टेकेन्द्र शाहको कलर करेक्सन रहेको छ। वे एण्ड बीट्सको शब्द र कम्पोज रहेको सिरिजको गीतमा गायकहरु अन्तर गीत, बिरजु शाही र राजकुमार सहसंहारले स्वर दिएका छन् ।