कसलाई तिमी नमर्नु है भन्दैछिन् बबिना

काठमाडौ । बविना भट्टराईको स्वर तथा संगितमा रहेको ‘तिमी नमर्नु है’ आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्दमा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज÷मिक्सिङ÷मास्टरीङ गरिएको गीत मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो ।

गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानलमार्फत हेर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहज रुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सार्थक बनाउन सकिने उद्घोष रचनाकार पाण्डेको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।

गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका घटनालाई गीतमा चित्रण गरिएको छ ।

भिडियोमा बुद्ध थापाकोे छायांकन, सरोज रञ्जितकारको सम्पादन तथा केशव भटटले निर्देशन भिडियोमा गरेका छन । भिडियोमा बबिना नै फिचर्ड छिन् ।