काठमाडौं । अभिनेता सारुक ताम्राकारले ३१ वर्षको उमेरमा आत्महत्या गरेका छन् । उनले रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।
सारुक हाल अभिनेत्री नम्रता श्रेष्ठका साथ फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । तर उनले के कारणले आत्महत्याको बाटो रोजे भन्ने खुल्न सकेको छैन ।
सारुक अभिनेता सानु ताम्राकारका छोरा हुन् । उनले इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी लगायतका फिल्ममा अभिनय गरेका थिए । उनको छायांकनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिशत छायांकन पुरा भइसकेको थियो ।