राजस्थानमा खिचियो देव वाणी गीत

काठमाडौं । बाबु साहेब बलामीको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘देव वाणी’को एक गीतको छायांकन भारतको राजस्थानमा गरिएको छ । प्रताप दास र सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायांकन राजस्थानमा गरिएको हो ।

फिल्मको निर्माण टिम केही दिनअघि भारतको राजस्थान ४ दिन लगाएर एक गीतको छायांकन गरेर नेपाल फर्किएको छ । अब फिल्मको एक गीत र केही सिन मात्र खिच्न बाँकी रहेको जानकारी निर्माण टिमले दिएको छ । राजस्थानमा खिचिएको गीतमा फिल्मका मुख्य कलाकार कुन्दन भारद्धाज र अनुपा लेप्चा फिचर्ड छन् ।

फिल्ममा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय छ । सिमरा, वीरगन्ज, र काठमाडौंमा फिल्मको छायांकन गरिएको हो ।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भैरहेको जानकारी दिए । फिल्मलाई भारतका हलमा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव हुन् । फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।