हिँड्दा हिँड्दै टिजरमा प्रेम र धोका

काठमाडौं । प्रेमकथानक फिल्म ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनिक भएको छ । भदौ १ गते प्रदर्शन हुने फिल्मको करिब एक मिनेट लामो टिजर बिहीबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशीत फिल्मको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नवअभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा झल्किएको छ । उनीहरुको साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।

सुशील पंगेनीको लेखन र निर्माणमा बनेको फिल्ममा आकाश,रेखा,सलोन,सानीयाका साथमा बिमल श्रेष्ठ,भोला सापकोटा, बिशाल श्रेष्ठ,बिकास थापा मगर र बालकलाकार अर्विन थिङ्गले अभिनय गरेका छन् ।

बिमल श्रेष्ठको प्रस्तुति रहेको फिल्म सुमन तण्डुकारले खिचेका हुन भने तारा प्रकाश र किरण माइकलको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ । राज लामा निर्माता रहेको फिल्मको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव साह छन् । गौतमराज खड्काले सम्पादन गरेको फिल्मको कलर ग्रेडिङ समीर मियाँले गरेका हुन् । ‘हिड्दा हिड्दै’ लाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।