बगानका दर्शक भेटन कलेज पोशाकमै हलमा करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर सोमबार भक्तपुरको राधेराधेस्थित रहेको क्विएफएक्स सिनेमा हलमा भेटिइन् । बिहानको कलेज पढिसकेर आफू अभिनित फिल्म ‘बगान’का दर्शकसँग साक्षात्कार लागि उनी कलेज ड्रेसमै त्यहाँ पुगेकी थिइन् ।

एकल महिलाको संघर्षशील यात्रालाई पर्दामा उतारिएको फिल्ममा करिश्माले विद्यार्थीको भूमिका पनि निर्वाह गरेकी छिन् । जुन विषय उनको वास्ताविक जीवनमासँग पनि मेल खाएको छ । तर सोमबार भने उनी वास्तवीक कलेज पोशाकमै आफ्ना प्रशंसकहरूबाट घेरिन पुगिन् । उनले सञ्चारकर्मीहरूसँग कलेज पोशाकमै दर्शकहरूसँग साक्षात्कार गर्न पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘चलचित्रको पहिलो हाफमा आफूले विद्यार्थीकै भूमिका निर्वाह गरेको र वास्तविक जीवनमा पनि आफू पढिरहेकाले यसले सकारात्मक उर्जा दिइरहेको छ,’ उनले भनिन् ।

विशेष गरेर एकल महिला र उनीमाथि सामाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ भन्ने सन्देशसहितको ‘बगान’ले दर्शकको मन जितिरहेको र व्यवासायिक दृष्टिकोणबाट पनि राम्रो सफलता पाइरहेकाले त्यसमा आफू सन्तुष्ट रहेको करिष्माको भनाइ छ ।

हल भिजिटमा अभिनेत्री मानन्धरसहित निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्री प्रमिला कार्की, निर्माता सुरेश वाग्ले सहितको टोली राधेराधे पुगेको थियो ।

अघिल्लो शुक्रबार अर्थात असार २९ गतेबाट प्रदर्शनमा आएको फिल्म सोमबार ११औं दिनमा नेपाल भर प्रदर्शन भइरहेको छ । फिल्मले प्रर्दशनको १०औं दिन अर्थात आइतबारसम्ममा ७० लाखको ग्रष कलेक्सन गरेको पनि निर्माता सुरेश वाग्लेले जानकारी दिए।