जिस्केर मस्केरमा सरिता र प्रवण

काठमाडौं । गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाएका हुन् । गीतको संगीत संयोजन पनि सविनले नै गरेका छन् । यो गीत आर्टोम्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको हो ।

सिन्धुलीको कमलाखोँचमा प्रचलित झ्यारे भाकालाई संकलन गरेर यो गीत बनाएको गीतकार डब्बुले बताए । बिलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका सरिता भारतीको अभिनय रहेको छ । गीतको भिडियोको छायांकन ताप्लेजुङ, झापा, मोरङ, उदयपुर र सिन्धुलीमा गरिएको हो ।

भिडियोमा माधवराज खरेलको निर्देशन छ । भिडियोमा तिलक रिजालको छायांकन, विकाश राउतको ड्रोन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा रंग संयोजन छ ।