प्रदर्शनको तयारीमा ङिङजे

काठमाडौ । पेमा लामा योञ्जनको प्रस्तुति तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण पारिएको तामाङ कथानक फिल्म ‘ङिङजे’ ट्रेलर सार्वजनिक भएको छ ।

गत सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा निर्माण पक्षले फिल्मको ट्रेलर‚ फिल्ममा समावेश गरिएको गीत ‘भर आरे जीन्दगीला’ र फिल्मको टाइटल गीतको भिडियो सार्वजनिक गर्‍यो ।

फिल्मको कथा, पटकथा र संवाद ऋतुराज पाखिनको रहेको छ । निर्माता दीपेन्द्र लोप्चन (मुरली), रन्जिता स्याङ्तान रहेका छन् भने सहनिर्माता प्रवीण कुमार तामाङ रहेको छ । फिल्मको निर्देशन अमिर दोङले गरेका हुन भने सह निर्देशनको भूमिका कुईसाङ रुम्बाले गरेका हुन् ।

ह्याङ तामाङ घि तादोला भन्ने मुल नारा बोकेर सदैव फिल्ममार्फत सन्देशको विगुल फुक्ने फिल्मले समाजमा घटिरहेका यथार्थ विषयवस्तुलाई देखाएको निर्माण पक्षले जनाएको छ । फिल्ममा तामाङ भाषा, संस्कार,संस्कृति, रितिरिवाजलाई समेत मुख्य केन्द्रविन्दु बनाएर तयार पारिएको छ । मानव जीवनमा जन्मदेखी मृत्युसम्मको कथालाई समेटिएको चलचित्रको निर्देशक अमिर दोङले जानकारी दिए ।

फिल्ममा एउटा परिवारमा आफ्ना अभिभावकले मादक पदार्थ सेवन गर्दा आफ्ना छोराछोरीको भविष्य र मानसिक अवस्थामामा कस्तो असर पर्छ भन्नेसमेत देखाइएको छ ।

फिल्ममा अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङ रहेका छन् । त्यस्तै अतिथि कलाकारमा नायिका सुस्मा मोक्तान, रुपा यस घले, पुष्पाञ्जली लोप्चन रहेका छन् ।

फिल्ममा द्वन्द्व राजु तामाङ, नृत्य कृष्ण ब्लोन, छायाङ्कन विक्रम मोक्तान र त्रिलोक लामा, सम्पादन विक्रम मोक्तान, डबिङ सन्तोष गोले, मिक्सिङ कार्साङ लामा, गीतकार रुपेन मोक्तान, ङेमा दोङ (तवला), सङ्गीतकार च्वाईस दोङ, रोशन लामा, गायक विशाल काल्तान, रोशन लामा, हावा लामा, गायिका जितु लोप्चन, निर्मला घिसिङ, रञ्जिता घिसिङ, एरेन्जर दिपेश प्रधान, चाँदसिं र सानुबाबु घिसिङ रहेका छन् ।

फिल्म असोज १ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गरिँदैछ ।