टेक्सास इन्टरनेशनल कलेजमा ऐचो पैचो

काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण भएको फिल्म ‘ऐंचौ पैंचो’ले प्रचारप्रसारको सुरुवात गरेको छ । बुधबार फिल्मको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर फिल्मको प्रचार आरम्भ गरेको हो ।

फिल्मको प्रचार गर्न अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री सारदा गिरी काली बुढी बुधबार टेक्सास कलेज पुगेका थिए । ओरिन्टेसन कार्यक्रमका पुगेका तीन जना कलाकारले आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउदै फिल्म हेर्न आग्रहसमेत गरे । कार्यक्रममा फिल्मको गीत ‘काले केटाले’ मा तीनै जना कलाकारले नृत्य गरेका थिए ।

निर्देशक चौलागाईका अनुसार अबको केही दिनमा फिल्मको ट्रेलर सार्वजनिक गर्दै पूर्ण रुपमा फिल्मको प्रचारमा केन्द्रीत हुने बताइन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।