मञ्जुको यो तीजमा नजाने माइत

काठमाडौं । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत तथा चाद सिंहको एरेञ्ज छ ।

गम्भीर विष्टको निर्देशनरकोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।

प्रकास खरेलको मिक्सिङ, ए बि मुस्कान रेकर्डिङ, सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन छ ।