रणवीरलाई नेजल सेप्टम रोग

मुम्बई(एजेन्सी) । अभिनेता रणवीर कपूर बलिउडमा लोकप्रिय अभिनेतामा पर्छन् । उनले कैयौं बलिउड फिल्ममार्फत आफ्नो अलग पहिचान बनाएका छन् । उनको चकलेटी लुक्समा महिला फ्यान प्रभावित भइरहँदा अभिनयले पनि उत्तिकै मोहित बनाइरहेका छन् ।

उनीसँग जोडिएका कैयौं किस्सा छन्, जुन किस्सा सुन्न फ्यान चनाखो हुन्छन् । यद्यपि कमैलाई मात्र थाहा छ कि उनी बाल्यकालदेखि नै एक स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् । जसकारण उनी तिब्र रुपले खाने र बोल्ने गर्छन् ।

रणवीरलाई बाल्यकालदेखि नै नेजल सेप्टम छ । जसकारण उनको नाकको हड्डी केही बांगो छ । यद्यपि रणवीर यसको सर्जरी पनि गर्न चाहदैनन् । सन् २००९ मा एक फिल्मका लागि रणवीरले सिधा नाक देखाउनुपर्ने थियो । जसका लागि निर्देशकले उनलाई नाकको सर्जरी गराउन आग्रह गरेका थिए । तर रणवीरले निर्देशकको आग्रहलाई अस्वीकार गरे ।

रणवीरका एक नजिकका साथीका अनुसार उनलाई बाल्यकालदेखि नै नाकको समस्या छ । ईएनटीका चिकित्सकले उनलाई सेप्टोप्लास्टी गर्न सल्लाह दिएका थिए । तर रणवीरले यस्तो काम गर्न अस्वीकार गरे । किनकी ऊ जहिल्यै जिद्धी स्वाभावको छ । एकपटक अस्वीकार गरेपछि सधैं अस्वीकार गरिरहन्छ’, ती साथीले भनेका छन् ।

त्यसो त रणवीरका बुबाआमा ऋषि कपूर र नीतू कपूरले पनि उनलाई नाकको सर्जरी गर्न कैयौं पटक सल्लाह दिएका थिए । तर उनीहरुको सल्लाहलाई पनि रणवीरले मानेनन् । रणवीरले आफू निकटकालाई आफू सर्जरीसँग नडराउने, तर नाकको आकार फेरिने कारण आफूले सर्जरी नगरेको बताउने गरेका छन् ।