आर्यनद्वारा १ सय २० करोडको प्रस्ताव अस्वीकार

मुम्बई(एजेन्सी) । अभिनेता शाहरुख खानका छोरा आर्यन खान पछिल्लो समयमा चर्चामा छन् । निर्देशकका रुपमा आफ्नो पहिलो एड फिल्म रिलिज गरेपछि आर्यन अब ओटीटीको दुनियाँमा पाइला चाल्दैछन् ।

२३ वर्षकी सुहनाले पिता शाहरुखको पाइलालाई पछ्याउदै अभिनयमा अगाडि बढ्दा आर्यनले भने फरक बाटो लिएका हुन् । उनी पहिलो वेब सिरिज ‘स्टारडम’का साथ निर्देशकका रुपमा आफ्नो सुरुवात गर्दैछन् ।

‘स्टारडम’ रिलिजअघि नै एक ओटीटी प्लेटफर्मले उनलाई अधिकार दिन र आफ्नो ओटीटी प्लेटफर्ममा रिलिजका लागि करिब १ सय २० करोड रुपैंयाँको अफर गरेको थियो । तर आर्यनले यो प्रस्तावलाई अस्वीकार गरेका छन् ।

उनले सिरिजसँग जोडिएका सबै कुरा पुरा नहुन्जेलसम्म कुनै पनि सम्झौता नगर्ने जनाएका छन् । उनी आफ्नो सिरिज दर्शकले मनपराउनेमा ढुक्क छन् ।