मेरो कथाकोमा आकाश र उषा

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘मेरो कथाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा संगीत र संगीत संयोजन संगीतकार रंजित गजमेरको रहेको छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन्। सुदिप बरालको छायांकन गरेको भिडियोमा बन्दे प्रसादको सम्पादन, भीमा लोहारको निर्माण र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ ।

गोलो प्रडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।