जुलेबीलाई एडल्ट सर्टिफिकेट

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’को जाँच पास भएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले फिल्म हेरेर एडल्ट सर्टिफिकेट दिएको छ। रत्नपार्कको वरिपरीको यौनकर्मिको कथामा बनेको फिल्मलाई १६ बर्ष मुनिका दर्शकले हेर्न पाउने छैनन्।

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको फिल्ममा गणेशदेव पाण्डेको निर्देशन छ । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । चलचित्रकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको ब्याक राउण्ड म्युजिक, कोशिश क्षेत्रीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।