चैत ९ मा दर्शकमाझ महाजात्रा

काठमाडौं । फिल्म  ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ । यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ सुपरहिट भए पछि निर्माण पक्षले शनिबार ‘महाजात्रा’ को रिलिज डेट घोषणा गरेको हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यको अभिनय रहनेछ ।

कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको फिल्म दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेलले निर्माण गर्ने भएका हुन ।