प्रमोदको गंगा जमुनामा दिलिप, अन्जली र उषा

काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गंगा जमुना’ सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ।

डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ । राजिव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलिप रायमाझी, अन्जली अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ।

बुद्ध थापाले खिचेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।