रघुको फिल्ममा मुकुन र मिलन

काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने अनटाइटल फिल्मको औपचारिक घोषणा गरिएको छ। पारिवारिक कथामा बन्ने फिल्ममा मुख्य अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। फिल्ममा नवअभिनेता मिलन मिश्र पनि अनुबन्ध भएका छन्।

दुई अभिनेत्रीको खोजी कार्य भईरहेको निर्माण पक्षले जानकारी दिएको छ। रघुनाथ सापकोटाको कथा, सुनील निउरेको पटकथा सम्बाद रहने फिल्मको निर्देशन नबिन भट्टले गर्नेछन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन हुने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । रघुनाथ सापकोटाको प्रस्तुतिमा निर्माण हुने फिल्म असोज पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ।