एक भगवत् गीताको के तिमीलाई

काठमाडौं । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको हो । कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गीत मैथिली र नेपाली भाषामा तयार पारिएको हो ।

जनकपुरको सेटिङमा खिचिएको सार्वजनिक गीतमा सबिन एकतारेको शब्द रचना तथा हर्कुलस बस्नेतको संगीत तथा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर छ ।

गीतमा फिल्मका प्रमुख कलाकार सुहाना थापा र बाल कलाकार जेभिस तथा जेभिन श्रेष्ठ फिचर्ड छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । राजेश श्रेष्ठको छायांकन रहेको गीतमा मित्र डि गुरुङको सम्पादन छ ।

झरना थापा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो फिल्म हो । फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।