काठमाडौं । अभिनेता गौरव पहारी र श्रेणी खतिवडाले बुधबार इन्गेजमेन्ट गरेका छन् । काठमाडौंको होटल र्याडिसनमा परिवार र निकट साथीहरुको उपस्थितिमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । परिवारका अनुसार उनीहरुले माघमा विवाह गर्दैछन् ।
गौरव र श्रेणी तीनवर्षदेखि प्रेममा थिए । श्रेणी फिटनेस प्रशिक्षक हुन् । अभिनेता टीका पहारीका छोरा गौरवले फिल्म ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए ।
उनले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायतका दुुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । फिल्म ‘साइँली’को निर्मातासमेत रहेका गौरवका दुई फिल्म ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनको तयारी अवस्थामा छन् ।