हात्तीछापमा किन बाँधिए दया र उपासना ?

काठमाडौं । आगामी माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ को केही समयअघि सार्वजनिक सौगात मल्लको राजा लुक्सले निकै चर्चा पायो । यो चर्चाबीच निर्माण टिमले आइतबार दयाहाङ राई र उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक लुक्समा दयाहाङ र उपासनालाई बाँधिएको छ । उनीहरुको अनुहारको हाउभाउ हेर्दा डराएको देख्न सकिन्छ । तर उनीहरु किन र कोसँग डराए भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेलको मुख्य भूमिका छ । फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा पुष्कर गुरुङ र अमला देवी राइको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् ।