कान्तिपुर फिल्म एकेडेमीको लभ सूत्र

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले यही दसैबाट स्ट्रिमीङ सुरु गर्न लागेको छ । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी नेपाली ओरिजीनल सिरिज भनेर ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरेको थियो ।

यस्तै, कान्तिपुर सिनमाजले आज शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज लभ सूत्र’को टिजर र फस्टलुक सार्वजनिक गरेको छ ।

सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज रोमान्टिक लभ स्टोरी र कमेडी बनेको देख्न सकिन्छ । भि मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।

३० देखी ४० मिनेटको ५ वटा एपीसोडकोे यस सिरिजको फुल ट्रेलर यही असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट संसार भरबाट सब्स्क्रीप्सन लिएर मोबाइल फोन, वेव र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने बताइएको छ ।