सौगात र विपिनको द्वन्द्वमा पशुपतिप्रसाद २ः भष्मे डनको ट्रेलर

काठमाडौं । आगामी कार्तिक ४ गते फूलपातीको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘पशुपतिप्रसाद २ः भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख दुई पात्र विपिन कार्की र सौगात मल्लबीचको टकरावलाई देखाइएको छ । सौगात मधेशी चरित्रमा देखिएउका छन् ।

ट्रेलरमा भष्मे डन पात्रले आफ्नो अस्तित्व र पहिचानका लागि गरेको संघर्षलाई चित्रण गरिएको छ । उसले आफ्नो आमाबुबाको बारेमा खोजी गरिरहेको पनि ट्रेलरमा देख्न सकिन्छ । दुर्गा माताको गेटअपमा देखिएकी अभिनेत्री स्वस्तिमा खड्काको पात्र र भष्मे डनबीचको सामिप्यतालाई पनि स्थान दिइएको छ ।

खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको यस फिल्ममा विपिन, सौगात र स्वस्तिमाका साथै रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीलगायतको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको विशेष भूमिका रहेको फिल्मको एक गीतमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् ।

फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । लेखक लामिछानेले एउटा सार्थक सिक्वेल बनाउने प्रयास गरेको बताएका छन् ।