द मोष्ट वान्टेड २ बन्दै



काठमाडौं । उत्तरगया फिल्मस्को ब्यानरमा आज भन्दा १५ वर्ष पहिले दिनेश पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘द मोष्ट वान्टेड’ को सिक्वेल ‘द मोष्ट वान्टेड २’ बन्ने भएको छ ।

‘द मोष्ट वान्टेड’मा निखिल उप्रेती राजेश ढुंगाना, रमित ढुंगाना, मदनदास श्रेष्ठ, तेजुला खतिवडा, जानु अर्याल, उमेश खड्का, रेजिना उप्रेती, सुशिल पोखरेल, मोहमुद आलम, रामभक्त श्रेष्ठ, अशोक वस्तेन लगायतका कलाकारले अभिनय गरेका थिए ।

‘द मोष्ट वान्टेड २’मा धेरैजसो कलाकार हेरफेर हुने निर्माणपक्षले बताएको छन् । फिल्मको सम्पुर्ण गीत बिबेक दोङ्ग, बबि सुब्बा आदिको स्वरमा रेकर्डिङ भैसकेको छ ।