दिमाग खराबलाई सेन्सरको युनिभर्सल

काठमाडौं । आगामी शुक्रबार अर्थात् कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’ले केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि जुनसुकै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन् ।

फिल्मका निर्माता रौनकविक्रम कँडेलले सेन्सरका पदाधिकारीले फिल्मलाई देशको समसामयिक विषयमा बनाएकोले खुशी व्यक्त गरेको बताए । निर्देशक निश्चल बस्नेत ६ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा कमव्याक गर्दैछन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । फिल्म काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।