सीडी र रानीको लाउँदैन र माया

काठमाडौं । गायिका रानी शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय अधिकारीको शब्द, अधिकारीकै संगीत छ ।

प्रहिल कार्कीको निर्देशनमा तयार भएको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ ।