काठमाडौँ । नेपाली कथानक फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ ।
अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)ले निर्देशन गर्ने फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको बताए ।
शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
फिल्ममा अमेरीका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चारजना नेपालीभाषी अभियन्ताहरु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्दछ । फिल्म विसुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने रहेको लेखक शिवम् अधिकारीले बताए ।
फिल्मको छायांकन मंसिर ६ गतेबाट सुरु हुदैछ । यस फिल्मको पहिलो छायाँङ्कन पाँचथरबाट सुरु गरि झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुनेछ । फिल्मको करिव ६० प्रतिशत छायांकनको लागि बुधबारदेखि टिम मुभ हुदैछ ।
फिल्मको मुख्य पात्रहरु रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ ।
मित्र प्रधान (नर)को कथा रहेको फिल्ममा दिपक शर्माको संगीत ,सौरब लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।