काठमाडौं । फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘कंगारु’ निर्माणको घोषणा गरेका छन् । राजिब गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्नेछ ।
फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।
फिल्मको सह–निर्मातमा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ । फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (यूके)ले पनि सहकार्य गरेको छ ।
निर्देशक बस्नेतल फिल्मको स्क्रिप्टका लागि दुई वर्ष समय लागेको बताए । फिल्मका लागि कलाकारहरु चाँडै फाइनल गरिने निर्माण पक्षले जनाएको छ । फिल्मको छायांकन फागुनदेखि सुरु हुनेछ ।