रचनाको थोपामा प्रेमिकाको विरह

काठमाडौँ । गायिका रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नविन श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतमा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

भिडियोले प्रेमीले धोका दिए पछि एक्लिएकी प्रेमिकाको विरहको कथालाई निर्देशक गौरब गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन ।

सुदुरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोष तामाङको सिनेमाटोग्राफी, भद्रजंग कुँवरको सम्पादन तथा कलरिङ श्याम कुँवरको रहेको छ ।