यो मन त मेरो नेपाली होलाई पूर्व राजा ज्ञानेन्द्रको शुभकामना

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजा गरेर शुभमुर्हत सगै फिल्मको छायांकन सुरु गरिएको छ । फिल्मलाई पूर्व राजा ज्ञानेन्द्र शाहले समेत शुभकामना दिएका छन् ।

यस फिल्मको मुख्य पात्रहरु रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी , नारायण खाती आदिको अभिनय रहने छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण हुन् लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ ।

अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गर्ने फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको उनले बताए ।

शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको फिल्मले अमेरीका, म्यानमार, भुटान र भारत गरि चार देशका चार जना नेपालीभाषी अभियन्तारु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फिल्मले बोल्दछ ।

फिल्मको पहिलो छायाँङ्कन पाचथरबाट सुरु गरि झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुनेछ । फिल्ममा दिपक शर्माको संगीत ,सौरब लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफयक्स ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।