काठमाडौंँ । मलेसियामा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’मा नेपालको प्रतिनिधित्व नेपाली बालबालिका आरुष भट्टराई र एल्भिरा महर्जनले गर्ने भएका छन् । कोटाकिना बालु शहरमा नोभेम्बर २८(मंगलबार)देखि डिसेम्बर ३सम्म आयोजना हुने प्रतियोगीतामा सहभागी हुन उनीहरु सोमबार साँझ मलेसिया उडेका हुन् ।
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका बिभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगीता हो । प्रतियोगीतामा आरुष र एल्भिराले नेपाली कलासंस्कृतिको प्रचार प्रसारको अलवा नेपालको पर्यटन समेत प्रवद्र्धन गर्नेछन् ।
प्रतियोगीतामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी हुँदैछन् । प्रतियोगीतामा सहभागी नेपाली बालबालिकाले नेपालमा प्रर्यटक कसरी आकर्षित गर्ने र पर्यटकले नेपालको छुटाउन नहुने ठाउँको बिषयमा फोकस रहेर प्रस्तुति दिने फेसन कोच फैजुले जानकारी दिए ।
आरुष भट्टराई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘किड्डी फेस अफ द इयर २०२३’ का विजेता हुन्, भने एल्भिरा महर्जन ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’की विजेता हुन् । प्रतियोगीतामा सहभागी दुबै बालबालिकाको फेसन कन्सेफ डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।