तेल भिसामा कलाकारको पूर्णता

काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’को लाइनअप पुरा भएको छ । कलाकारसँगै फिल्मले रिलिज मितिसमेत घोषणा गरेको छ।

फिल्ममा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ ।

विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं फिल्मका निर्माता हुन्। फिल्म नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ।

सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको फिल्म चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ। फिल्मले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ।

सुशन प्रजापतीले खिच्ने सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।