घनश्याम भन्छन्–धौली र पञ्चेबाजाभन्दा चित्रा फरक

काठमाडौं । ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता फरक फ्लेभरका फिल्म निर्देशन गरेका निर्देशक घनश्याम लामिछाने निर्देशित नयाँ फिल्म ‘चित्रा’ आगामी पुष २७ मा रिलिजको तयारीमा छ । घनश्याम अहिले फिल्मको पोस्ट प्रोडक्सनमा व्यस्त छन् ।

पुराना पुस्ताका निर्देशक शिव रेग्मी र नयाँ पुस्ताका परिच्छेद सेनको कामबाट प्रभावित घनश्याम ‘चित्रा’को कथाबाट प्रभावित भएका रहेछन् ।

‘हामीले अरुले भनेका कथाहरु भन्यौं, नयाँ कथाको खोजी पनि गर्यौ । तर हामीले घरसमाजमै रहेका कथाहरुलाई भनेनौं । हामी त्यसबाट पर रहँदै ‘चित्रा’मा हामीले बाबु र छोरीको आफ्नो कथा भनेका छौं ।’ उनले भनेका छन् ।

लामिछाने ‘चित्रा’को कथा यथार्थ परक रहेपनि प्रस्तुतिका हिसाबले मनोरञ्जनात्मक रहेको दाबी गर्छन् । ‘मेरा यसअघिका फिल्म भन्दा यो फरक छ । अघिल्ला फिल्म समाज नजिक रहेर ऐना बन्ने प्रयास गरेको थिएँ भने यसमा मैले प्रस्तुतिमा लार्जर देन लाइफ शैलीलाई समातेको छु र फिल्म मनोरञ्जान्त्मक बनाउने कोशिस गरेको छु। सुरुको फस्ट हाफ यथार्थसँग नजिक लाग्छ भने दोश्रो हाफ अलिकति नाटकिय मोड लिदैं लार्जर देन लाइफ जस्तो पनि । मोर्डन मेकिङ देख्न सक्नुहुन्छ,’ उनी भन्छन् ।

मूलधारको फिल्ममा आएदेखि नै उनले कलाकारचाँहि वजनदार नै छान्ने गरेका छन् । जुन यसमा पनि जारी छ, यध्यपी उनले मूल अभिनेतामा भने सन्तोष अधिकारीलाई डेब्यू गराएका छन् । उनी आफ्ना सबै कलाकारको कामबाट खुशी छन् ।

उनी फिल्मकी बाल कलाकार आयुशी ढकालबाट धेरै प्रभावित भएका रहेछन् । ‘फिल्ममा अरु ठूला कलाकारहरु त हुनुहुन्छ नै तर ६–७ वर्षको नानीबाट यस किसिमको अभिनय आएको छ कि जुन व्यवसायिक कलाकारबाट पनि हम्मेसी पाउन मुश्किल पर्छ’, उनले भने ।
डेब्यू अभिनेताका रुपमा सन्तोष अधिकारीको कामले पनि उनी प्रभावित बनेका छन्। फिल्ममा काम गरेका प्रमोद अग्रहरि, अर्पण थापा,मेनुका प्रधान, प्रकाश घिमिरे आदिका बारेमा अभिनय कस्तो गर्नुभयो भनेर थप व्याख्या दिन उनी आवश्यक ठान्दैनन् ।