दुई महिनामा मायावी पुरा

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो ।

शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए । यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाई र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ । पोस्ट प्रोडक्सन पछि रिलिज मिति सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।