अमृताको खोई त मेरो कुरा बुझेको

काठमाडौं । गायिका तथा मोडल अमृता लिम्बूको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका अमृतासँगै शायल हेल्लोक लिम्बूको युगल स्वर रहेको ‘खोई त मेरो कुरा बुझेको’ बोल गीतको यस भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायिका अमृता विशेष गरी पुर्वेली फ्लेभरको आधुनिक गीतका लागि चर्चित छिन् । तर, यसपटक अमृताले यसअघिका आफ्ना गीतहरुभन्दा फरक स्वाद दर्शक तथा श्रोतालाई पस्कने प्रयास गरेकी छन् । पुर्वेली लोकलयमै तयार पारिएको भएपनि यस गीतलाई अमृता र शायलले फिल्मीशैलीमा गाएका छन् ।

गायनसँगै मोडलिङसमेत आएकी अमृताले विशेष गरी आफ्नो गीतको भिडियोमा मोडलिङ तथा अभिनय गर्दै आएकी छन् । भिडियोमा अमृतासँगविनोद न्यौपानेले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोमा अमृता र विनोदको केमेष्ट्रि समेत जमेको छ ।

डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको यस गीतको भिडियोमा युवराज वाइबाले निर्देशन गरेका हुन् । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको यस भिडियोमा निश्चल पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ ।