सतीदेवी हेरेर भावुक बने सेन्सरका प्रतिनिधि

काठमाडौँ । लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो ।

फिल्मलाई सेन्सर बोर्डमा हेर्नेले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

सामाजिक कथामा निर्माण भएको फिल्मले देशमा जति नै परिवर्तन आएपनि परिवर्तित हुन नसकेको महिलाको कथालाई बिषय बनाएको छ । बाबुछोरीको कथा समेत देखाएको फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए । फिल्मले आमा छोरी र दिदिबहिनी बिचको सम्बन्धलाई देखाएको छ।

२ घण्टा १५ मिनेट लामो फिल्म हेरी सके पछि सेन्सर बोर्डका प्रतिनिधीहरु पनि भावुक बनेका थिए। एउटा पारिवारिक र सामाजिक कथामा बनेको फिल्मले दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाउनेमा सुवेदी बिश्वस्त छन्।

दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको फिल्मको निर्मातामा श्रीदेवी सुवेदी छिन्। मलिकाको मुख्य भूमिका रहेको फिल्ममा हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकारको पनि अभिनय छ।