नो विन्टर होलिडेजलाई नेटिभा अवार्ड

काठमाडौं । कम विकसित फिल्म उद्योगका उदीयमान फिल्म निर्माताहरूलाई प्रोत्साहन दिन स्थापना गरिएको अल्टरनेटिभा फिल्म प्रोजेक्टको विश्वव्यापी गैर नाफामूलक फिल्म इनिसेटिभले शनिबार कजाकस्ताको अल्माटीमा आयोजित कार्यक्रममा ‘अल्टरनेटिभा फिल्म पुरस्कार’का विजेताहरूको घोषणा गरिएको छ ।

फिल्मको कलात्मक गुण र तिनको सामाजिक प्रभावको मूल्याङ्कन गर्न डिजाइन गरिएको ‘अल्टरनेटिभा फिल्म अवार्ड’ पहिचानको वैकल्पिक प्रणाली हो । पहिलो संस्करण मध्यएशियामा केन्द्रित भएको यस अवार्डको पहिलो संस्करणले विभिन्न बजारबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । यो इनिसेटिभ पियर–टू–पीयर राइड शेयर मूल्य निर्धारण मोडेलको लागि परिचित विश्वव्यापी टेक्नोलोजी कम्पनी इनड्राइभद्वारा सेप्टेम्बर २०२३ मा सुरु गरिएको थियो ।

परम्परागत पुरस्कारभन्दा फरक रहेर ‘अल्टरनेटिभा फिल्म अवार्ड’ले सांस्कृतिक, सामाजिक र औद्योगिक प्रभावहरूको उदाहरण प्रस्तुत गर्ने प्रतिभा र टाइटलहरूलाई पुरस्कार प्रदान गर्दछ । पेरेनियल अवार्डमा समावेश ‘स्पटलाइट अवार्ड’ले सार्वजनिक राडारमा परेको विषय वा कथामा प्रकाश पार्ने फिल्मलाई सम्मान गर्दछ भने ‘फ्यूचर भ्वाइस अवार्ड’ले फिल्म उद्योग र सामाजिक परिवर्तनमा योगदान पुर्याउन सक्ने क्षमता भएको नवोदित फिल्म निर्मातालाई सम्मान गर्दछ ।

त्यस्तै ‘अल्टर अवार्ड’ले मानवअधिकार, बसाइसराइ, युद्ध अपराध र वातावरणजस्ता महत्वपूर्ण सामाजिक विषयहरूलाई सम्बोधन गर्ने फिल्मलाई पुरस्कृत गरिन्छ । ‘नेटिभा अवार्ड’ चाहिँ राष्ट्रिय वा सांस्कृतिक पहिचानका विषयहरूलाई सम्बोधन गरेका फिल्मलाई र ‘शोर्ट्स अवार्ड’ मध्य एशियामा निर्मित छोटो फिल्मलाई दिइन्छ ।

विजेताहरूको छनोट सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका फिल्म निर्देशक र निर्माताको स्वतन्त्र र अन्तर्राष्ट्रिय निर्णायक एवम् अवार्ड विजेता फिलिपिनो निर्देशक ब्रिलान्टे मेन्डोजालगायत विश्वभरका सामाजिक कार्यकर्ता सामुदायिक नेता र गैरसरकारी संस्थाका प्रतिनिधिहरूको नेतृत्वमा गरिएको थियो ।

पहिलो स्पटलाइट अवार्ड किर्गिजस्तानका फिल्म निर्देशक मिर्लान एड्ब्यकालकोभद्वारा निर्देशित ‘ब्राइड किडन्यापिङ (२०२३)’ लाई प्रदान गरिएको थियो । यो फिल्मले जबर्जस्ती विवाह गराइएको महिलाहरुको वास्तविक जीवनमा अपहरण भएको विषयलाई चित्रण गरिको थियो ।

त्यस्तै कजाकस्तानका अर्का निर्देशक अस्खात कुचिन्चिरेकोभलाई परिवारको अर्थ खोजी गर्ने कथामा आधारित उनको फिचर फिल्म ‘बौरिना सालु (२०२३)’ लाई ‘फ्यूचर भ्वाइस अवार्ड’ प्रदान गरिएको थियो ।

‘अल्टर अवार्ड’ कजाकस्तानकै अर्का निर्देशक कातेरिना सुभोरोभद्वारा निर्देशित वृत्तचित्र कोरियोक्पालाई प्रदान गरिएको थियो भने राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित नेपाली फिल्म ‘नो विन्टर होलिडेज (२०२३)’ लाई ‘नेटिभा अवार्ड’ प्रदान गरिएको थियो । जहिल्यै एकअर्कासँग झगडा गर्दै बस्ने दुस्मनहरु कसरी हिउँले घेरिएको गाउँमा सँगै बस्न बाध्य छन् भनेर यस वृत्तचित्रमा देखाइएको छ ।