निर्माता संघ सदस्यमा हरि मल्ल मनोनित

काठमाडौं । निर्माता हरि मल्ल ठकुरी नेपाल चलचित्र निर्माता संघको कार्यसमिति सदस्य पदमा सर्वसम्मत मनोनित भएका छन् ।

निर्माता ठकुरीलाई संघको गत मंसिर ७ गते बसेको कार्यसमिति बैठकले संघको बिधानको बिधा २० (क) बमोजीम मनोनीत गरिएको जानकारी संघले दिएको छ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा गत बर्ष ‘लाखे’ फिल्म निर्माण गरेका ठकुरी अब नयाँ फिल्म बनाउने तयारीमा छन् ।

हरिले आफू हरदम निर्माताको पक्षमा रहेको बताउदै आगामी दिनमा अझ सशक्त रुपमा नेपाली फिल्मको स्तरोन्नतरी र अन्तराष्ट्रिय बजारिकरणमा लागीरहने प्रतिबद्धता जाहेर गरेका छन् ।