यो मन त मेरो नेपाली होको पहिलो चरणको छायांकन पुरा

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायांकन सकिएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ नेपाल र भारतको छायांकन तीस दिनमा सकिएको हो ।

फिल्मको बाँकी छायांकन अमेरिकामा हुने फिल्मका निर्देशन मित्र प्रधानले बताए । नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बङ्गाल लगायतको ठाउमा फिल्मको छायांकन गरिएको थियो ।

फिल्मकी नायिका ‘मेरो डान्स कप युएसए’को ‘फस्ट रनर अप’ आयुषा समाल नेपालको छायांकन सकिए लगतै अमेरिका उडेकी छिन् । फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बालगायतको अभिनय छ ।

पद्मा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतीमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्नेछ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, रामबाबु खड्काको मुख्य सहायक निर्देशन, रोशन रम्तेल ‘दिवाना’को कला निर्देशन र सुमन काफ्लेको निर्माण नियन्त्रण छ ।