रेयर भन्छन्–खजुरे ब्रोमा खुशीसँगै चुनौति छ

काठमाडौँ । कमेडी जनरामा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’को सोमबार राजधानीमा घोषणा गरिएको छ । सुरज सुनुवारको निर्देशनमा बन्ने फिल्ममा अभिनेता रेयर राई र अभिनेत्री निती शाहको जोडीलाई दर्शकले हेर्न पाउनेछन् ।

सुनुवारकै लेखन रहेको फिल्म धरानमा चर्चित व्यक्ति ’खजुरे ब्रो’ को नाम र उही चरित्रमा निर्माण गर्न लागिएको हो । फिल्ममा महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहनेछ ।

अभिनेत्री नितीले आफ्नो डेब्यु फिल्म ‘खजुरे ब्रो’ को कथा र सम्पूर्ण टिम मन परेको कारण आफुले काम गरेको बताइन् । अभिनेता रेयरले ‘खजुरे ब्रो’ शिर्ष भूमिकामा काम गर्न पाउँदा खुशी सँगै चुनौति थपिएको बताए ।

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेको छायांकन फिल्ममा छ । फिल्म काठमाडौं र धरानमा खिचिनेछ । अनमोल गुरुङको सङ्गीत रहने फिल्ममा अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता छन् ।

दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा मान्द्रो प्रोडक्सन र मल्टी प्रपोजको सहकार्य छ ।