खजुरे ब्रोमा हर्क साम्पाङ

काठमाडौँ। फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । फिल्ममा मेयर हर्क साम्पाङको विशेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको फिल्म निर्माण युनिटले जानकारी दिएको छ ।

‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ’ निर्माता डायमण्ड उप्रेतीले भने, ‘फिल्ममा उहाँको विशेष भूमिका हुनेछ ।’

फिल्म पारिवारिक व्यङ्ग्यात्मक लाइट कमेडी जनरामा आधारित व्यावसायिक फिल्म हो। फिल्मले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको फिल्मको निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन् । फिल्ममा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो।

फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ।

फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ। फिल्मको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ। फिल्म जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।