किरणको आधा दुःख घटाएर

काठमाडौँ । गायक किरण भुजेलको स्वर रहेको गीत ‘आधा दुःख घटाएर’को भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा शब्द सिएल शर्माको रहेको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो ।

यसअघि फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन् । जसमा एरेन्ज संजिब बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ ।

भिडियोमा सम्राट अधिकारी, लालना चिमरिया, सुरविर पण्डित, सान्नानी आचार्य, आशा रोकाको अभिनय छ । भिडियोमा अन्तरजातीय प्रेम गरेका जोडीलाई परिवारले अस्विकार गरेपछि भोग्नु परेको असहज परिस्थितीको वर्णन गरिएको छ ।

भिडियोको सम्पादन तथा कलरिगं मनोज कार्कीले गरेका हुन् भने भिडियो गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा आएको हो ।