प्रदीपको फिल्ममा प्रदीपको जोडी बेनिशा

काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिशा हमाल फाइनल भएकी छन्। टाइटल सार्वजनिक गर्न बाँकी रहेको फिल्म साइ–फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुनेछ।

फिल्मको कथा निर्देशक शाहीले नै लेखेका हुन्। पछिल्लो समय व्यस्त रहेकी हमाल प्रदीप खड्कासँग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन्। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।

फिल्मको कथा निर्देशक शाहीले नै लेखेका हुन्। फिल्मको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत बर्ष प्रदर्शनमा आएको फिल्म ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले फिल्ममा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो। नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए।